सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ कालीकामा ९ दिनमा ५६ लाख भेटी संकलन

बागलुङ कालीकामा ९ दिनमा ५६ लाख भेटी संकलन


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८१, शुक्रबार

बागलुङ/चैतेदशैको नौ दिनमा बागलुङ कालीका मन्दिरमा ५६ लाख ४८ हजार रुपियाँ भेटी संकलन भएको छ । चैत्र शुक्ल प्रतिपदादेखि सोमबारसम्म उक्त रकम संकलन भएको हो ।

शनिबार चैतेदशैको दिन मात्रै ११ लाख ८१ ह्जार रुपैयाँ भेटी संकलन भएको बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बागलुङ कालीका मन्दिरलाई गण्डकी प्रदेशकै प्रसिद्द शक्तीपिठको रुपमा चिनिन्छ । यो अबधिमा कालीका मन्दिरमा ७ लाख दर्शनार्थी आएको समेत खड्काको अनुमान छ ।

कालीका मन्दिरमा आउने भक्तजनले पशु बलि पनि दिन्छन् । बोका, राँगा, कुखुरा बली दिंदा मुढको रकम समेत तिर्छन् । त्यस्तै मन्दिरमा चढ्ने अन्य जिन्सी सामानको हिसाब सार्वजनिक गर्ने गरिएको छ । गुठीले हरेक दिनको भेटी बोर्डमा लेखेर पनि टाँस्ने गरेको छ ।

चैतेदशैको अवसरमा गुठीले भलिबल प्रतियोगिता, सांगितीक कार्यक्रम पनि गरेको थियो । झण्डै ५० लाख बराबरको खर्च हुने अनुमान गरिएको मेला सोमबार सकिएको छ । गुठीले केही दिनमै सबै हिसाव सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->