पोखरा /कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरामा जारी पोखरा खुल्ला एथलेटिक्स मिट २०२५ मा आर्मीले ७ स्वर्णका साथ शीर्ष स्थान हासिल गरेको छ ।
पोखरा रंगशालामा जारी एथलेटिक्सको महाकुम्भ मेलामा शुक्रबार सिनियर तर्फ १२ र विद्यालय तर्फ २ विधाका प्रतिस्पर्धा सम्पन्न भएका छन् । सिनियरतर्फ एक राष्ट्रिय कीर्तिमानी बनेको छ ।
त्रिभुवन आर्मी क्लबका सलिम देवानले लङ्ग जम्पतर्फ आफ्नै कीर्तिमानी तोडेका छन् । ७.१८ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । पोखरा रंगशालामा नै ०७९ सालमा भएको भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ७.०६ मिटर जम्प गर्दै कीर्तिमानी कायम गरेका थिए ।
आर्मीले ७ स्वर्ण जित्दा ६ रजत तथा ४ कास्य पदक हासिल गर्दै शीर्ष स्थानमा रहँदा २ स्वर्ण १ रजत र २ कास्यका साथ पुलिस दोस्रो स्थानमा रहेको छ । यस्तै १ स्वर्ण, १ रजत र ३ कास्यका साथ एपिएफ तेस्रो स्थानमा रहँदा १ स्वर्ण र १ रजतका साथ कास्की चौथो स्थानमा रहेको छ । चितवन १ स्वर्णका साथ पाँचौ, २ रजतका साथ लुम्बिनी छैटौं १ कास्यका साथ मधेश र स्याङजा सातौं स्थानमा रहेका छन् ।
त्रिभुवन आर्मी क्लबका सलिम देवानले ७.१८ मिटर जम्प गर्दै स्वर्ण जित्दा एपिएफका सुशिल केसीले ६.७९ मिटर जम्प गर्दै रजत जित्दा नवलपुरका नारायण चौधरीले ६.५६ मिटर जम्प गर्दै कास्य पदक हासिल गरे । सोही विधाको महिलातर्फ पुलिसकी सिमा कुमारी चौधरीले ५.६१ मिटर जम्प गर्दै स्वर्ण जितिन् । लुम्बिनीका निशा चौधरीले ५.२८ मिटर दुरी पार गर्दै रजत तथा आर्मीका जयारानी थारुले ५.४५ मिटर पार गर्दै कास्य जितिन् । जयारानीले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी थिइन् ।
१५०० मिटर पुरुष दौडमा आर्मीको दबदबा रह्यो ३ मिनेट ५१.६ सेकेन्डमा दुरी पार गर्दै आर्मीका मुकेश बहादुर पलले स्वर्ण जिते । ३ मिनेट ५५.५ सेकेन्डमा पार गर्दै सुनिल सुनारले रजत तथा आर्मीकै अकल बहादुर पलले ३ मिनेट ५६.५ सेकेन्ड लगाउँदै कास्य जिते । महिलातर्फ कास्कीकी नारायणी भण्डारीले ४ मिनेट ५४.२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा ४ मिनेट ५८.८ सेकेन्ड लगाउँदै पुलिसकी सुमित्रा कुमारी चौधरीले रजत तथा एपिएफकी आशा रावतले ५ मिनेट ३.८ सेकेन्ड लगाउँदै कास्य जितिन् ।
सटपुट पुरुषतर्फ आर्मीले स्वर्ण र रजत हासिल गर्दा स्याङ्जाले कास्य पदक हासिल ग¥यो । आर्मीका तिलक बहादुर विकले १२.७७ मिटर, राइ बहादुर शाहीले १२.०७ र दुजिक थापा मगरले ११.६४ मिटर प्रहार गरे । महिलातर्फ पुलिसले स्वर्ण र कास्य जित्दा आर्मीले रजत हासिल ग¥यो । पुलिसकी चन्द्रकला लामगादेले ११.९६ मिटर, आर्मीकी सिता शाहीले १०.५९ र पुलिसकी वसन्ति चौधरीले १०.३० मिटर प्रहार गरिन् ।

१०० मिटर पुरुष दौडमा एपिएफका शिवराज पार्कीले १०.६० सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । मधेशका आदेश कुमार यादवले १०.७७ सेकेन्ड लगाउँदै रजत तथा आर्मीका सलिम देवानले ११.१० सेकेन्ड लगाउँदै कास्य जिते । महिलातर्फ चितवनकी रेश्मा सुवेदीले १२.१३ सेकेन्ड लगाउँदै स्वणृ जितिन् । लुम्बिनीकी निशा चौधरीले १२.२५ सेकेन्ड लगाउँदै रजत तथा पुलिसकी सिमा कुमारी चौधरीले १२.४८ सेकेन्डमा दुरी पार गर्दै कास्य हासिल गरिन् ।
पुरुषत हाइ जम्पमा आर्मीका विनोद रोकायले १.७५ मिटर जम्प गर्दै स्वर्ण जिते । कास्कीका सागर नेपालीले १.७५ मिटर जम्प गर्दै रजत तथा नवलपुरका उज्वल कुमार विकले १.७० मिटर जम्प गर्दै कास्य जिते । महिलातर्फ सोही विधामा आर्मीका विन्दु थानेटले १.४६ जम्प गर्दै स्वर्ण हासिल गरिन् । आर्मीकै खगिता सिन्जालीले १.४३ मिटर जम्प गर्दै रजत तथा एपिएफका चन्दनी भट्टले १.४० मिटर जम्प गर्दै कास्य जितिन् ।
४०० मिटर महिलातर्फ आर्मीका कलेसी चौधरीले १ मिनेट १.७ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितिन् । आर्मीकै १ मिनेट २.९ सेकेन्डमा दुरी पुरा गर्दै रजत तथा एपिएफका भागिरथी थारुले १ मिनेट ७.१ सकेन्ड लगाउँदै कास्य जितिन् । पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४८.९३ सेकेनडमा दुरी पुरा गर्दै स्वर्ण जिते । आर्मीका प्रकार दनुवारले ४९.९० र आर्मीकै प्रेमबहादुर सुनारले ५०.५० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य जिते ।





