बागलुङ/नेपाल निजमाती कर्मचारी संगठन बागलुङले नयाँ बर्षको भित्तपात्रो सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा पात्रो बिमोचन कार्यक्रममा भित्ते पात्रो सार्वजनिक भएको हो ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेकपा एमालेका उपसचिव धनबहादुर परियार र संगठनका प्रदेश तथा केन्द्रिय कमटिका सदस्यहरुले पात्रो संयुक्त रुपमा बिमोचन गरेका थिए । पात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले कर्मचारीहरुले नियमित कामका साथै समाज परिवर्तनका लागि रचनात्मक कामहरु गर्नुपर्नेमा जोड दिए । भित्तेपात्रोमा मितिसँगै बिभिन्न सन्देशहरु समावेश गरिएकाले घरघरमा पात्रो सन्देश बोकेर पुग्ने उनको भनाई थियो ।
कर्मचारी संगठनका अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले बागलुङका उपसचिव धनबहादुर परियार, संगठनका नेता घनश्याम सापकोटा लगायतले बोलेका थिए ।





