बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अरुणा र तारादेवीको सम्झना

अरुणा र तारादेवीको सम्झना


  • ढोरपाटन संवाददाता
  • चैत्र ३१ २०८१, आइतबार

पोखरा/पोखरामा नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको सम्झना गरिएको छ । यहाँको एभरेस्ट एफएम ९३ ले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ आयोजना गर्दै दुवै कलाकारप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

कला, साहित्यका अध्येता प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित नभनिएका कथाहरुबाट सुरु भएको कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरीद्वय अरुणा लामा र तारादेवीका कालजयी गीतहरु गुञ्जाएका थिए ।

एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मा तमुको अध्यक्षतामा भएको कार्यक्रममा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि हरेक वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->