आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

माओवादी पर्वत– पोखरा सम्पर्क समन्वय समितिमा लामिछाने

माओवादी पर्वत– पोखरा सम्पर्क समन्वय समितिमा लामिछाने


  • ढोरपाटन संवाददाता
  • चैत्र ३१ २०८१, आइतबार

पोखरा/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पर्वत–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशनले धर्मलाल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको शनिबार पोखरामा सम्पन्न सम्मेलनबाट २१ सदस्यीय कार्यसमिति र ७ सदस्यीय सल्लाहकार निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा ईन्द्र नेपाली, राजु न्यौपाने र अमर गिरी, सचिव दीपक आचार्य, कोषाध्यक्ष अर्जुन हिताङ, रहेका छन् । यसैगरी सदस्यहरुमा गोविन्द तिवारी, कृष्णराज पौडेल, जौमाया हिताङ, प्रेम क्षेत्री, प्रदीप सुवेदी, रामबहादुर विक, अनिरूद्र पौडेल, उत्सव भुसाल, पार्वती क्षेत्री, प्रकाश विक रहेका छन् । बाँकी ५ सदस्य भने पछि मनोनित गरिने अध्यक्ष लामिछानेले बताए । यसैगरी सल्लाहकार संयोजकमा नगेन्द्रराज पौडेल, सल्लाहकारमा गंगाराम पौडेल, मीना तिमिल्सिना, ऋषि पौडेल, गान्धिकुमारी गुरूङ, देव क्षेत्री र सविता शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->