बागलुङ/विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत बागलुङको बडिगाड गाँउपालिकाका शिक्षकहरूले पालिकाका सामुदायिक विद्यालयका कामकाज स्थगन गर्ने निर्णय गरेका छन् ।
आज शिक्षक आन्दोलन परिचालन समितिका संयोजक केशव खरेलको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको सह–संयोजक ढालमणि भण्डारी जानकारी दिए ।
पालिकाभरका विभिन्न विद्यालयका शिक्षकहरुको सहभागितामा बसेको बैठकले आन्दोलन नटुङ्गिए सम्म र सहमति नभए सम्मको लागि सबै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, कुनै पनि परिक्षा तालिम गोष्ठी संचालन नगर्ने निणर्य भएको उनले बताए ।
यदि गोप्य रुपमा यस्ता गतिविधी पालिकाका विद्यालयमा संचालन भएको पाईएमा आवश्यक निगरानी, टिपोट गरेर केन्द्रीय स्तरमा जानकारी गराउने र कुनै पनि कार्य नगर्न चेतावनी दिईने निर्णय समेत भएको छ ।
यस्तै पालिकाभित्रका संस्थागत विद्यालयका शिक्षकहरुलाई पनि कुनैपनि शैक्षिक गतिविधी नगर्न आवहान गर्ने निणर्य गरिएको शिक्षक आन्दोलन परिचालन समितिका संयोजक केशव खरेलले जानकारी दिए । खरेलले चैत २० गतेदेखि काठमाण्डामा जारी आन्दोलनमा थप सहभागिता जनाउन अधिक्तम शिक्षकलाई पठाउने र प्रध्यानाध्यापकहरुलाई सक्रिय सहभागि बनाउने पनि सहमति भएको बताए ।




