शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८२, बिहिबार

काठमाडौँ/ नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् ।

बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार केसीलाई बढुवा सिफारिस गरेको हो । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए । कार्की, अधिकारी र केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका थिए ।

खापुङ अहिले केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छन् । आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख, पोखरेल बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत छन् भने कार्की लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरमा कार्यरत छन् । अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->