आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

संविधान बिरोधी गतिविधि क्षम्य र सैह्य छैन: गृहमन्त्री लेखक

संविधान बिरोधी गतिविधि क्षम्य र सैह्य छैन: गृहमन्त्री लेखक


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८२, शुक्रबार

पोखरा/ गृहमन्त्री रमेश लेखकले संविधानबिरोधी कुनै पनि गतिविधि क्षम्य र सैह्य नहुने बताएका छन् । गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।

संविधान विरोधी गतिविधिहरुलाई निस्तेज र नियन्त्रण गर्ने कुरामा विना कुनै द्विविधा स्पष्ट र दृृढ हुनुपर्ने उनले बताए । ‘पूर्व राजावादीका नाममा या विभिन्न नाममा संविधान बिरोधी गतिविधि गर्ने, अस्थिरता उत्पन्न गर्ने र संविधान वा अहिलेको शासन व्यवस्थालाई समाप्त गर्ने खालका कुनै पनि गतिविधि क्षम्य र सैह्य छैन्’ मन्त्री लेखकले भने, ‘ किनभने यो संविधान हाम्रा पूर्वजहरुको धेरै ठूलो बलिदान, त्याग र तपस्याबाट र अहिलेको पुस्ताको धेरै ठूलो लगानीबाट बनेको हो ।’ संविधान संसारको उच्चतम लोकतान्त्रिक मान्यतामा आधारित र नेपाली जनताको भावनाबाट निर्देशीत रहेको भन्दै उनले संसारका उन्नत लोकतान्त्रिक अभ्यास गरेका कुनै पनि मुलुकका संविभान भन्दा कमजोर नरहेको उनले बताए ।

संघीय लोकतान्त्रिक गणतान्त्रमक शासन व्यवस्था शासन प्रत्याुभूत गरेको र समावेशी चरित्रको राज्य निर्माण गर्ने काममा अघि बढ्न सुनिश्चितता प्रदान गरेकाले अहिलेको संविधान र व्यवस्थाको रक्षा गर्नु महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाई थियो । संविधानलाई समसामयिक परिवर्तन र संसाधेन हुनसक्ने भन्दै उनले संसोधन अग्रगामी हुनुपर्ने बताए । ‘समाज जसरी गतिशिल, प्रगति र बिकासमा अगाडि बढ्छ संविधान पनि त्यसै अनुरुप संसोधन हुन्छ । अर्थात अग्रगामी हुन्छन । अगाडि बढ्ने खालको हुन्छ, पछाडि फर्किने अर्थात् पश्चगामी हुन सक्दैन’, उनले भने, ‘संविधानको १० वर्षको अभ्यास भएको छ । यसका सवल र दुर्लभ पक्षको पहिचान गरेर संविधान निर्माण गर्न एकाकार भएका राष्ट्रिय शक्ति र पार्टीहरुबीच राष्ट्रिय सहमति बनाएर संविधान संसोधन गर्छौ र यो शासन व्यवस्थालाई थप सुदृढ बनाउछौ ।’

७ दशकको अवधिमा ७ वटा संविधान बनाएर संसारको बिरलै मध्येको एउटा देश नेपाल बनेको उनले बताए । यसले हामीले विगतमा कति राजनीतिक अस्थिरता व्यहोरेका रहेछौ भन्ने उदाहरण प्रस्तुत गरेको उनले जनाए । ज्यादा सडक, पुल, स्कुल, विश्वविद्यालय,कलेज बनाउने कुरा असल भएको तर ज्यादा संविधान बनाउने कुरा असल नभएको उनको भनाई थियो । अव यो संविधानलाई पनि फाल्ने, च्यात्ने, भत्काउने, मुलुकलाई अस्थिरता र अन्यौलमा लैजाने कोशिष र प्रयत्न देखिइरहेको त्यो कुनै हालतले सैह्य र क्षम्य हुन नसक्ने उनले उल्लेख गरे । ‘त्यसैले सुरक्षा निकायका साथीहरुलाई म आग्रह गर्छुकी, संविधानको रक्षाको लागि प्रत्येक ठाउमा तपाइृहरु तयार भएर बस्नुस्,’ उनले भने, ‘संविधान भित्र रहेर गतिविधि गर्न, सरकार, प्रधानमन्त्री, मन्त्रीको आलोचना, बिरोध गर्न पाइन्छ । संसदबाट सरकार बदल्न र आवधिक निर्वाचनमा कसैलाई हराउन र जिताउन पाइन्छ, तर यो संविधानालई भत्काउन, च्यात्न पाइदैन ।’

उनले राज्यको पहिलो जिम्मेवारी मुलुकको शान्ति सुरक्षा गर्नु रहेको बताए । गोष्ठीमा प्रदेश र जिल्लाहरुको शान्ति सुरक्षाको अवस्था, चुनौति र समाधानका उपायमाथि छलफल हुने बताए । यसैगरी संविधान र कानुनको कार्यान्वयन अर्को जिममेवारी रहेको उनले बताए । सकभर अपराध हुन नदिने, भइहालेमा निष्पक्ष, स्वतन्त्र, प्रभावकारी अनुसन्धान गर्ने र अपराधमा संलग्नलाई न्यायाको कठघरामा उभ्याउने काममा सहयोग पुराउने काम मुख्य रहेको उनले बताए । आफुले लागुऔषध ओसारपसार, भण्डारण र सेवन, आत्महत्या, सवारी दुर्घना र साइबर क्राइम गरी ४ वटा मुख्य चुनौति देखेको र यसको सबै केन्द्रबिन्दु लागुऔषध रहेको मन्त्री लेखकले बताए । यस्ता अपराधलाई जिम्मेवारीपूर्वक प्रविधिमैत्री र सक्षम भएर नियन्त्रण गर्न उनले सुरक्षा निकायलाई निर्देशन पनि दिए । यसैगरै अर्को जिम्मेवारीमा विपद् व्यवस्थापन रहेको उनले जनाए ।

नेपाल भूकम्प, बाढीपहिरो, लेक लाग्ने, लु लाग्ने, आगलागी, डढेलोलगायत विभिन्न विपद्को उच्च जोखिममा रहेको भन्दै उनले जनताको जिउधनको सुरक्षा गर्नुपर्ने मुख्य जिम्मेवारी रहेको पनि बताए । यसैगरी सेवा प्रवाह अर्को प्रमुख जिम्मेवारी रहेको उनले बताए । अहिले कांग्रेस र एमाले दुई ठुला दल मिलेर बनेको सरकारको मुलुकमा स्थिर सरकारको सुनिश्चितता गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढ गर्ने, दीगो शान्ति, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, बिकास र समद्धि मुख्य लक्ष्य रहेको भन्दै उनले सेवा प्रवाहलाई उच्च प्राथमिकता र महत्व दिन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->