आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सरकार परिवर्तन हुँदैन–गृहमन्त्री लेखक

सरकार परिवर्तन हुँदैन–गृहमन्त्री लेखक


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८२, शनिबार

पोखरा / गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस युनियन कास्कीले शनिवार आयोजना गरेको पत्ररकार भेटघाट कार्यक्रममा उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्र भएको बताए ।

गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेका बिचमा कुनै समस्या नभएको समेत दावी गरे । ‘सरकार परिवर्तन हुने भन्ने हल्लामा कुनै सत्यता छैन’, उनले भने, ‘काम गर्दै जाँदा केही विषय आए छलफलबाट निराकरण गरेका छौ । हामी छलफलबाटै सम्बोधन गरेर सहमतिमै अघि बढ्छौँ ।’

लेखकले गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो नपर्ने बताए । पछिल्लो समय संविधान विरोधी गतिविधि देखापरेको बताउँदै पूर्व राजावादीहरू लोकतन्त्र र गणतन्त्र समाप्त गरेर पश्चगामी अभियानमा रहेको समेत उनले बताए । लेखकले भने, ‘लोकतन्त्रको विकल्पमा जनताले निरङ्कुशता रोज्ने सम्भावना छैन । गणतन्त्रको विकल्पमा राजा रोज्दैनन् ।’ उनले यो संविधान पनि असफल भए मुलुकमा अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुने बताए ।

‘७० वर्षमा ७ वटा संविधान फेरेछौँ । धेरै बाटा बनाउने, पुल, उद्योग, स्कुल, क्याम्पस बनाउनु राम्रो हो । धेरै संविधान बदल्नु अस्थिरताको सङ्केत हो । तसर्थ अब यो संविधान असफल भयो भने अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुन्छ । भावी पुस्तालाई अन्याय हुन्छ ।’ संविधान संशोधनका लागि समिति बनाउने तयारी भइरहेको र सदस्यको सङ्ख्या पनि टुङ्गिएको उनले बताए । संशोधनका लागि सबैको सहमति चाहिने समेत उनको भनाई थियो । उनले शिक्षक आन्दोलनका माग महत्त्वपूर्ण रहेको र पूर्वसहमति अनुसार ऐन बनाउन सरकार तयार रहेको समेत उनले बताए । ‘शिक्षकका माग महत्त्वपूर्ण छन् । पूर्व सहमतिअनुसार ऐन बनाउन सरकार तयार छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->