आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ठडियो कांग्रेस नेता कृष्णबहादुरको शालिक

ठडियो कांग्रेस नेता कृष्णबहादुरको शालिक


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८२, आइतबार

पोखरा/नेपाली कांग्रेसका नेता तथा शहीद कृष्णबहादुर गुरुङको शालिक अनावरण भएको छ । कास्कीको माछापुच्छे« गाउँपालिका ४, बाँसखर्कमा रहेको शहीद कृष्णबहादुर स्मृति पार्कमा उनको शालिक अनावरण गरिएको हो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उनको शालिक अनावरण गरे ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति र महासमिति सदस्यसमेत रहेका उनको तत्कालीन सशस्त्र विद्रोही माओवादीबाट २०५९ साल वैशाख ६ गते हत्या भएको थियो । उनलाई नेपाल सरकारले २०६७ साल असार ९ गते शहीद घोषणा गरेको थियो । २००७ साल भदौ ७ गते जन्मेका कृष्णबहादुर हक्की र स्वाभिमानी नेता मानिन्थे । शिक्षण पेशाबाट राजनीतिमा होमिएका र तत्कालीन सल्यान गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्चसमेत भएका उनी पञ्चायतको विरोध गरेकै कारण ६ महिना जेल पनि परेका थिए ।

शालिक अनावरण गर्दै कांग्रेस सभापति थापाले माओवादी सशस्त्र विद्रोहका बेला देशैभर कृष्णबहादुरजस्ता सयौंले ज्यान गुमाएको बताउँदै सशस्त्र विद्रोहका बेलाका घटनामा क्षमा दिइए पनि त्यसलाई नबिर्सेको बताए । उनले नेपाली कांग्रेसले पनि कुनैबेला सशस्त्र संघर्ष गरेको तर सशस्त्र संघर्ष र व्यक्ति हत्या फरक विषय भएको पनि बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->