आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सिंहदरबारभित्रै पक्राउ परेका राप्रपा नेताहरु भद्रकाली प्रहरी परिसरमा

सिंहदरबारभित्रै पक्राउ परेका राप्रपा नेताहरु भद्रकाली प्रहरी परिसरमा


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८२, आइतबार

काठमाडौं / राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए ।प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए । प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

नेता दीपक सिंहले पार्टी अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । प्रहरीले गलत काम गरेको भन्दै उनले विरोध समेत गरे । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दीपक सिंह पनि सँगै थिए । तर उनी प्रहरीको हातबाट उम्किएर बिजुलीबजार-बानेश्वर क्षेत्रको प्रदर्शनस्थलमा पुगेका थिए ।

पक्राउ परेका अध्यक्ष  लिङ्देन सहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी अपिल राज बोहराले जानकारी दिए । ‘उहाँहरू परिसरमै हुनुहुन्छ,’ बोहराले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->