पोखरा/नेपाल प्रहरीको जवान पदका निम्ति भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी भेटिएकी छन् ।
शनिबार भएको परीक्षामा दर्ता नं. ३३५९२ का परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा अर्को व्यक्तिले परीक्षा दिँदै गरेकी धनकुटा पाख्रीबास नगरपालिका ५ की १९ वर्षीया ज्ञानुता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई अदालतबाट शिक्षा ऐन सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।





