आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रदेश प्रमुख भट्टद्वारा २ विधेयक प्रमाणिकरण

प्रदेश प्रमुख भट्टद्वारा २ विधेयक प्रमाणिकरण


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८२, सोमबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गरेका छन् । केही समय अघिमात्र प्रदेश सभाबाट पारित गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेसंगै ऐनका रुपमा कार्यान्वयनमा जान्छ । गण्डकी प्रदेश सरकारले केही समय अघिमात्र विभिन्न ३ निकाय खारेज गरेको थियो । खारेजीमा परेका ती निकायमा दुग्ध बिकास बोर्ड, विज्ञान तथा प्रविधि प्रतिष्ठान र ताल संरक्षण तथा बिकास प्राधिकरण रहेका थिए । यी निकाय खारेजीमा परेसंगै ऐन पनि खारेज गरिएको थियो । गण्डकी प्रदेश दुग्ध बिकास बोर्ड २०७५, गण्डकी प्रदेश ताल संरक्षण तथा विकास प्राधिकरण ऐन २०७५ र गण्डकी प्रदेश बिज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन २०७६ खारेजी गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->