बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर विजयी

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर विजयी

१७ वर्षपछि अनेरास्ववियुको कमब्याक, समानुपातिकमा नेविसंघ पहिलो


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८२, सोमबार

काठमाडौं / नेकानून विषय पढाइ हुने देशकै सबैभन्दा ठूलो र पूरानो नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मिश्रित परिणाम आएको छ । सभापतिमा एमालेनिकट अनेरास्ववियुका समिर रिजाल विजयी हुँदा सचिव र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका मनमोहन भट्ट र विधिशा मिश्र विजयी भएका छन् ।

सदस्यहरूमा पनि मिश्रित परिणाम आएको छ । यहाँ एमालेनिकट र माओवादीनिकट विद्यार्थी संगठन मिलेर चुनाव लडेका थिए । माओवादीनिकट अखिल क्रान्तिकारीका सचिव उम्मेदवार ओम प्रकाश सुनार १५ मतले पराजित भए ।

सदस्यमा चार सदस्य नेविसंघ र ४ जना अखिलबाट निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारी मिलेर लड्दा क्रान्तिकारीले सभापति जितेको थियो ।

नेपाल ल क्याम्पसमा अनेरास्ववियुले १७ वर्षपछि आफ्नो विरासत फर्काएको छ । संगठनले पाउने समानुपातिक मतमा नेविसंघ पहिलो बनेको छ । नेविसंघले ६२२ मत पाउँदा अनेरास्ववियुले ५६० मत पाएको छ । त्यस्तैी अखिल क्रान्तिकारीले २६६ मत पाएको छ भने जसपानिकट समाजवादी विद्यार्थी युनियनले १४७ मत पाएको छ भने आहुतीको वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले ५० मत पाएको छ ।

नेपाल ल क्याम्समा २०६५ को स्ववियु निर्वाचनमा अनेरास्ववियुका गुणराज आचार्यको प्यानलले जितेको थियो । त्यसपछि २०७९ को चुनावमा सभापति हारेका अनेरास्ववियुले यसपटक सभापतिसहित केही सदस्य जितेर कमब्याक गरेको हो ।

नेकपा एसनिकट अनेरास्ववियूले भने नेविसंघलाई समर्थन गरेको थियो । तर तत्कालीन सभापति आचार्य भने नेविसंघलाई सभापति जित्न नदिन अखिल उम्मेदवारको पक्षमा खटिएका थिए । ल क्याम्पसको स्ववियु चुनावको ४५ वर्षको इतिहासमा अहिलेसम्म नेविसंघले सभापति जितेको छैन ।
यस्तो छ निर्वाचन मत परिणाम:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->