बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कक्षा १२ को परीक्षा नसर्ने, वैशाख ११ देखि सुरु

कक्षा १२ को परीक्षा नसर्ने, वैशाख ११ देखि सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८२, मंगलबार

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नसार्ने निर्णय गरेको छ। बोर्डको आज बसेको बैठकले वैशाख ११ देखि २४ गतेसम्म तोकिएको मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार परीक्षाको तयारी पूरा भएको र सबै जिल्लाका परीक्षा समन्वय समितिलाई केन्द्रहरूमा परीक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिइएको छ। शिक्षक आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण परीक्षा सर्ने शंका गरिएको थियो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->