बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

४ महिने छोराको हत्या आरोपमा आमा पक्राउ

४ महिने छोराको हत्या आरोपमा आमा पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८२, बुधबार

तनहुँ/ आफ्नै ४ महिनाको छोराको ढुंगाले हानेर हत्या गरेको आरोपमा प्रहरीले नवलपुरको बौदीकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको छ ।

तनहुँ प्रहरीका अनुसार यही बैशाख ८ गते साँझ ७ बजेको समयमा तनहुँको घिरिङ गाउँपालिका–४ थामडाँडास्थित माइतीघर जाने क्रममा भिमाद डेढगाउँ सडक खण्डमा परियारले ४ महिनाको छोरा अर्जुनलाई ढुंगाले हानेर गम्भिर घाइते बनाएकी थिइन् । त्यसपछि स्थानीयले घाइते बच्चालाई उपचारकालागि पाल्पास्थित रामपुर अस्पतालमा लगेकोमा सोही राती साढे ९ बजेको समयमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

हत्या आरोपित कमला परियारलाई ईलाका प्रहरी कार्यालय डेढगाउँ, नवलपुरले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाएको तनहुँ प्रहरीका सूचना अधिकारी, डिएसपी अशोक थापाले बताए । थापाका अनुसार प्रारम्भिक अनुसन्धान पुरा गरी कमला परियारलाई कर्तव्य ज्यान मुद्धा शिर्षकमा मंगलबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->