सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तत्काल विद्यालय सुचारु गर्न माग

तत्काल विद्यालय सुचारु गर्न माग


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८२, बिहिबार

बागलुङ/भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था बागलुङले तत्काल सामुदायीक विद्यालयमा पठनपाठन सुचारु गर्न माग गरेको छ । शिक्षक आन्दोलनका कारण नयाँ भर्नाको समयमा समेत विद्यालय बन्द हुँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै संस्थाले तत्काल विद्यालय सुचारु गर्न माग गरेको हो ।

संविधानलेनै दिएको अधिकार सरकार र आन्दोलनरत शिक्षकहरुका कारण सुनिश्चित हुन नसकेको भन्दै संस्थाले शिक्षकहरुका माग सरकारले पुरा गर्ने रर शिक्षकहरु सेवा, दायित्व र प्रतिबद्धताबाट बिमुख हुन नहुने जनाएको छ ।

संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जिल्लाका सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ समेतलाई बोदार्थ पठाई जारी गरेको विज्ञप्तीमा शिक्षकका जायज माग पुरा गर्न र विद्यार्थीको पठनपाठन नियमित गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->