बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकी एफ.एम.को टेबुल क्यालेण्डर विमोचन

शुक्लागण्डकी एफ.एम.को टेबुल क्यालेण्डर विमोचन


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८२, शुक्रबार

तनहुँ/ तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा संचालित शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८२ टेबल क्यालेण्डर विमोचन गरिएको छ ।

शुक्रवार दुलेगौंडास्थित रेडियो पसिरसरमा आयोजित कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, वर्तमान अध्यक्ष शिव पौडेल, उपाध्यक्ष आनन्दसुन्दर श्रेष्ठसँगै अन्य पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा बिमोचन गरेका हुन् । सो अवसरमा संस्थापक अध्यक्ष श्रेष्ठले वर्तमान समयमा रेडियोले विकृति विसंगति विरुद्ध आवाज उठाउदै सकरात्मक सन्देश प्रवाहमा समेत लाग्नुपर्नेमा जोड दिए । रेडियोका अध्यक्ष शिव पौडेलले टेबुल पात्रोले रेडियोको उपस्थिती र प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव टिकाराम श्रेष्ठले गरेका थिए । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ । गीत संगीतको अलवा रेडियोमा हाल दैनिक ६ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->