बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८२, बुधबार

काठमाडौं / सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।

‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ ।

सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । यो सँगै गत चैत २० गतेदेखि सडक रहेका शिक्षकहरूको आन्दोलन पनि स्थगित हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->