आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक– माओवादी महासचिव गुरुङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक– माओवादी महासचिव गुरुङ


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८२, शुक्रबार

पोखरा/ माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनका आधारमा न्यायिक छानबिन गर्नुपर्ने बताएका हुन् । महासचिव गुरुङले भने, ‘पोखरा विमानस्थलबारे संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ । यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक छानबिन गरिनुपर्छ र दोषीहरू कारबाहीको भागीदार बन्नुपर्छ ।’

उनले दुई ठूला दल नेपाली कांग्रेस र एमाले०मिलेर बनेको वर्तमान सरकारले गर्ने राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताए । ‘हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौँ । गुण र दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्छौं । सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौँ तर हाल दुई ठूला दलसहितको बलियो सरकार हुँदासमेत राम्रो काम गर्न सकेको छैन’, महासचिव गुरुङले भने ।  उनले देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न, राष्ट्रिय एकता र स्वाधीनताका लागि शान्तिसम्झौताका सहयात्री दलहरू एकैठाउँमा रहनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->