सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ अधिकृत समाजले सार्वजानिक गर्यो क्यूआरकोडसहितको भित्तेपात्रो

बागलुङ अधिकृत समाजले सार्वजानिक गर्यो क्यूआरकोडसहितको भित्तेपात्रो


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८२, शनिबार

बागलुङ/ अधिकृत सेवा समाजले जिल्लाका स्थानीय तहको वारेमा जानकारी दिने क्यूआरओड सहितको परिचय र बागलुङका धार्मिक सांस्कृतिक लगायतका पर्यटकीय स्थानहरु समावेश गरेर भित्ते पात्रो सार्वजानिक गरेको छ । अधिकृत समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका सचिवद्धय गणेश प्रसाद पाण्डे र केदारनाथ शर्माले जिल्लाका स्थानीय तहको जानकारी दिने क्यूआरकोड सहितको नयाँ वर्षको भित्तेपात्रो लोकार्पण गरे ।
भित्ते पात्रोको लोकार्पण गर्दै सचिवद्वय पाण्डे र शर्माले समाजलाई बागलुङ जिल्लाका सवै अधिकृत कर्मचारीको साझा थलो बनाउनु पर्ने र यसले जिल्लाको विकास निर्माण र सेवा प्रवाहमा सहजीकरण गर्नुपर्ने बताए । संस्थाको दिगोपनाको लागि शुभकामना दिदै पाण्डे र शर्माले यसका लागि आफुहरु पनि सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
अधिकृत समाजका अध्यक्ष सहसचिव बलराम रिज्यालले संस्थालाई अन्तरपुस्ता अन्तरक्रियाको स्थान बनाउने, कर्मचारीको क्षमता विकास र अध्ययन संस्कृति विकास गर्दै संस्थालाई प्रभावकारीरुपमा निरन्तर अगाडी बढाईने प्रतिवद्धता जनाए ।
समाजका उपाध्यक्ष उपसचिव कृष्ण सापकोटाले संस्था स्थापना गर्नुको उदेश्य बताउदै समाजको आगामी कार्ययोजना प्रस्तुत गरे । उनले कार्यक्रममा सहभागी सवैलाई स्वागत गरे । समाजका सचिव भेषराज शर्माले नेपालीहरुको महत्वपूर्ण पर्व दशै तिहारको अवसरमा शुभकामनासहित जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व प्रधानन्यायाधीश, पूर्व सचिब, जिल्लाका जनप्रतिनिधि, निजी क्षेत्रका व्यवसायी लगायतको सहभागितामा कार्यक्रम आयोजना गर्ने र विज्ञहरुको लेख रचना सहितको पुस्तक प्रकाशन गर्ने जानकारी दिए । कार्यक्रममा बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाल सरकारका सहसचिव, उपसचिव लगायतका कर्माचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->