पोखरा/पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १० को सामाजिक विषयको पाठ्पुस्तकमा समावेश भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई मतदानको कार्यक्रम आयोजना गरिएको थियो ।
सैद्धान्तिक ज्ञानले भन्दा व्यवहारिक तथा प्रयोगात्मक ज्ञानले विद्यार्थीले छिटो सिक्ने भएकाले यस कार्यक्रमले विद्यार्थीहरुलेलोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासमा मद्यत पुग्ने कुरा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले बताए ।
विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई निर्वाचन प्रणाली अन्र्तगत मताधिकार भनेको के हो ? मतदान भनेको के हो ? मतदान कसरी गर्ने ? प्रजातान्त्रिक प्रक्रियाबाट जनप्रतिनिधिहरू कसरी निर्वाचित हुन्छन् ? भन्ने ज्ञान दिने मुख्य उद्देश्यका साथ नमुना निर्वाचन गरिएको विद्यालयका सामाजिक विषयका विभागीय प्रमुख तथा कार्यक्रमका निर्वाचन अधिकृत डम्बर क्षेत्रीले बताए ।
कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत करिव ८१२ जना विद्यार्थी मतदाता भएको सो कार्यक्रममा विभिन्न सदनका क्याप्टेन र भाइस क्याप्टेनका लागि ५÷५ जना विद्यार्थी बिच प्रतिस्पर्धा भएको सो निर्वाचनमा विद्यार्थीले लामबद्ध भएर दिउँसो ११ः१० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गरेको नमुना निर्वाचन कार्यक्रमका व्यवस्थापकविद्यालयका सह–प्राचार्य प्रदीप खनालले बताए ।
नमुना मतदानमा छात्र छात्राहरूका लागि छुट्टा छुट्टै लाइनमा राखी मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मतदिनेलगायतका विषयहरू सिकाइएको साथै मतदानमार्फत् क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमूना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको, विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर मत माग्ने समयसमेत दिइएको मतदान अधिकृत राजेन्द्र पौडेलले बताए ।
विभिन्न सदन क्याप्टेन र भाइस क्याप्टेन पदका लागि विद्यार्थीहरूकाबीच तीब्र प्रतिस्पर्धा भएको र आफ्ना प्रतिस्पर्धीहरूलाई उछिन्दै रातो सदनका क्याप्टेनका लागि विज्ञान न्यौपानेले कूल खसेको मतमध्येबाट ९१ मत र भाइस क्याप्टेनका लागि सुप्रिया मानन्धरले १०४ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिस्पर्धीमा क्रमशः प्रिन्स जङ क्षेत्रीले ४५, सुप्रिना लिगलले २२ र आस्मी थापाले १० मत क्याप्टेका लागि थिए भने भाइस क्याप्टेमा सलिना गिरीले ४० र एन्जल गौतमले २४ मत ल्याएका थिए ।
यसैगरी निलो सदनका क्याप्टेनका लागि लक्षिता रानाले ६३ मत र भाइस क्याप्टेनका लागि अनुश्रीया न्यौपानेले ५९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिस्पर्धामा क्रमशः आकर्षण थापाले २८, आरोस द्वावाले १३, आज्मी गुरुङले ७, सौरवी कार्की २६ र सुभान भण्डारीले ३९क्याप्टेनका लागिमत ल्याएका थिएभने भाइस क्याप्टेनका प्रतिस्र्धीमा क्रमशः दिव्यानी बरालले १८, कुसुम श्रेष्ठले ४०, श्रवण गौतमले ४७ र दर्शील श्रेष्ठले १४ मत ल्याएका थिए ।
हरियो सदनका क्याप्टेनका लागि दिप्रसन भुजेलले १०० मत र भाइस क्याप्टेनका लागि राशी लामिछानेले ४१ मतप्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिस्पर्धामा क्रमशः ग्लोरी राना २८, प्रमिस पाण्डे १२, निम्बुस अधिकारीले २२ मत र भाइस क्याप्टेनमा दिव्यानी बरालले १८, कुसुम श्रेष्ठले ४०, श्रवण गौतमले ४७ र दृसल श्रेष्ठले १४ मत ल्याएका थिए ।
त्यसैगरी पँहेलो सदनका क्याप्टेनका लागि असल सुनारले १०९ मत र भाइस क्याप्टेनका लागि सर्वानी बास्तोलाले ४७मत प्राप्त गरी विजयी भएका छन् भनेनिकटतम् प्रतिस्पर्धामा क्रमशः अनुस अधिकारीले ४७ मत रभाइस क्याप्टेनमा अङ्किता हमालले ४४, ग्रिष्मा कोइरालाले २६, मान्सी गुप्ताले १६ र साएरा गुरुङले २२ मत ल्याएका विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।





