शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा १६ करोड बेरुजु, बिरुवमा सबैभन्दा कम

स्याङ्जामा १६ करोड बेरुजु, बिरुवमा सबैभन्दा कम


  • अर्जुन काफ्ले
  • जेष्ठ १ २०८२, बिहिबार

स्याङ्जा/महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा स्याङ्जामा १६ करोड २० लाख सात हजार बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ ।

१६ अर्ब २० करोड १३ लाख ३० हजारको महालेखापरीक्षकको कार्यालय गरेको लेखापरीक्षणमा सो बेरुजु देखिएको हो ।

११ वटा स्थानीय तह रहेको यहाँ आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा थोरै बिरुवा गाउँपालिकामा १३ लाख ८३ हजार (०.१२ प्रतिशत) मात्रै बेरुजु देखिएको हो । बिरुवामा एक अर्ब १३ करोड ७० लाख लेखापरीक्षणमा जिल्लामा सबै भन्दा थोरै बेरुजु देखिएको हो ।

यहाँ नगरपालिका तर्फ सबै भन्दा धेरै चापाकोट नगरपालिकामा एक अर्ब ५२ करोड ४२ लाख ९८ हजारको लेखापरीक्षणमा तीन करोड करोड ११ लाख ४२ हजार (२.०४ प्रतिशत) बेरुजु देखिएको हो ।

पालिकातर्फ सबैभन्दा धेरै हरिनास गाउँपालिकामा एक अर्व तीन करोड ८५ हजार ९८ लाखको लेखापरीक्षणमा चार करोड ८१ लाख १२ हजार (४.६३ प्रतिशत) बेरुजु देखिएको हो । हरिनाशमा प्रतिशतमा जिल्लामै धेरै बेरुजु हो ।

नगरपालिकामा पुतलीबजार नगरपालिकामा दुई अर्ब ३९ करोड ४७ लाख ८२ हजारको लेखापरीक्षणमा एक करोड ४५ लाख ३३ हजार (०.६१ प्रतिशत) बेरुजु रहेको छ ।

यस्तै गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ५३ लाख ४४ हजारको लेखापरीक्षण गर्दा एक करोड १८ लाख २१ हजार (०.६६ प्रतिशत) बेरुजु देखिएको हो ।

भीरकोट नगरपालिकामा एक अर्ब ५६ करोड ४६ लाख ७ हजारको लेखापरीक्षणमा एक करोड २४ लाख ८८ हजार (०.८०) बेरुजु देखिएको छ ।

यस्तै वालिङ नगरपालिकामा दुई अर्ब २८ करोड ७६ लाख ७७ हजारको लेखापरीक्षण गर्दा २ करोड ३० लाख ३० हजार (१.०१ प्रतिशत) बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पालिकामा कालीगण्डकी गाउँपालिकामा एक अर्ब ३१ करोड ५७ लाख ३१ हजारको लेखापरीक्षणमा ३१ लाख ६७ हजार (०.२४ प्रतिशत) बेरुजु देखिएको छ ।

त्यसैगरी फेदीखोला गाउँपालिकामा ९३ करोड १५ लाख ९४ हजारको लेखापरीक्षणमा ३१ लाख ६७ हजार (०.३४ प्रतिशत) बेरुजु देखिएको हो ।

अर्जुनचौपारी गाउँपालिकामा ९९ करोड ३५ लाख २० हजारको लेखापरीक्षणमा ३६ लाख ५५ लाख (०.३७ प्रतिशत) बेरुजु देखिएको छ ।

यस्तै आँधीखोला गाउँपालिकामा एक अर्ब २१ करोड ८१ लाख ७९ हजारको लेखापरीक्षणमा ९४ लाख ८० हजार (०.७८ प्रतिशत) बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->