लमजुङ / नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ लमजुङमा साम्बाचोक नामाकरण गरिएको छ। उक्त चोकमा साम्बा स्तम्भसमेत निर्माण गरिएको सशस्त्र प्रहरी वलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले जेठ ५ गते उद्घाटन गरे । पछिल्लो समय साम्बा स्वदेश मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन्।
हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन्। उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपतिसहित स्थानीय जनप्रतिनिधि र संचारकर्मीसमेत उपस्थित थिए। कार्यक्रममा साम्बाका बुवाआमालाई सम्मान गरिएको थियो।





