सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

समाजवाद उन्मुख शिक्षा नीति आवश्यक : मन्त्री पाठक

समाजवाद उन्मुख शिक्षा नीति आवश्यक : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८२, सोमबार

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समाजवाद उन्मुख शैक्षिक नीति बनाउन नसक्दा शिक्षा क्षेत्रमा समस्या देखा परेको बताएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री पाठकले सामुदायिक विद्यालयमा राज्यले ठूलो लगानी गरेपनि अपेक्षा अनुसारको प्रतिफल दिन नसकेको टिप्पणी गरे ।

मुलुकमा लोकतन्त्र स्थापना पश्चात व्यवस्था बद्लिए पनि समाजवाद उन्मुख व्यावहारिक शिक्षा लागु हुन नसकेको चर्चा गर्दै राज्यले व्यवस्था अनुसारको व्यवहारिक शैक्षिक नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय जनताको स्वास्थ्य र शिक्षाप्रति सजग रहेको मन्त्री पाठकले धारणा व्यक्त गरे ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, श्रीधराचार्य शालग्राम संग्रहालयका संरक्षक स्वामी ऋषिप्रपन्नाचार्य, वडा नं. ३ का वडाध्यक्ष सनि केसी ‘लक्ष्मण’, वडा नं. ६ का वडाध्यक्ष रुद्रबहादुर केसी, वडा नं. ४ का पुर्व वडाध्यक्ष धुव्रबहादुर केसी, कुँडुले सेवा समाजका अध्यक्ष प्रेमप्रसाद आचार्य, पुर्व व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम सापकोटा, लायन नारायण आचार्य, अभिभावक यामकली सापकोटाले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक–अभिभावकको भूमिका रहेको चर्चा गरे ।

विद्यालयका प्रधानाध्यापक हरिलाल कँडेलले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाता र अक्षय कोषदातालाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षता, सहायक प्रधानाध्यापक बिष्णुप्रसाद आचार्य र विद्यार्थी आयुशा विश्वकर्माको स्वागत मन्तव्य र शिक्षक कृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->