तनहुँ/ रुकुमपश्चिमबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् । प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस आज बिहान ७ बजेर २० मिनेटको समयमा विपरीत दिशामा रहेको बा.प्र ०१–००१ अ–यो ००२७ नम्बरको टिप्परसँग ठोक्किएको थियो । टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको हो ।
घाइतेमा रुकुम पश्चिमको बाँकेकोट गाउँपालिका–ा७ का ४९ वर्षीय हरिशचन्द्र खत्री, रुकुम पश्चिमकै मुसिकोट ६ बस्ने ३५ वषीृय चन्द्रबहादुर बराल, सानीभेरी नपा–४ का १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, ३५ वर्षीया शर्मिला पाण्डे (पुरा ठेगना नखुलेको, बसका चालक नुवाकोटको मेघा नगरपालिका–५ का ३० वर्षीय संजोग नेपाली र टिपर चालक तनहुँको भानु नपा–१२ का ४४ वर्षीय शंकर अधिकारी रहेका छन् । घाइतेमध्ये खत्रीको खुट्टा भाचिएको छ । उनलाई चितवन मेडिकल कलेजमा थप उपचारका लागि रिफर गरिएको छ । अन्यको अवस्था सामान्य रहेको र डुम्रेको लक्ष्मी अस्पताला उपचार भइरहेको तनहुँ प्रहरीका सूचना अधिकारी एवं डिएसपी सूचना अधिकारी अशोक थापाले बताएका छन् ।





