बागलुङ/कानून भएपनि प्रभावकारी कार्यान्वयन अभावमा नेपालका धेरै क्षेत्रमा समस्या रहेको सरोकारवालाको भनाइ छ ।
१९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन । सरोकारवालाले कानुन परिवर्तन भए पनि सोच भने परिवर्तन नभएका कारण कतिपय स्थानमा छुवाछुत र विभेद कायमै रहेको बताएका छन् ।
बागलुङ नगरपालिकाको आयोजनामा बागलुङमा सक्रिय राजनितिक दलको संयुक्त दलित संघर्ष समितिको सहकार्यमा छुवाछुत मुक्त राष्ट्र घोषणा र कार्यान्वयन विषयमा अन्तरक्रिया कार्यक्रम सहभागिले कानुन परिवर्तन भएपनि समाज परिवर्तन नहुँदा छुवाछुतको अन्त्य हुन नसकेकोमा गुनासो पोखेका थिए ।
नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नेपालमा गरिवी, अशिक्षा,धर्म तथा अन्धविश्वासको कारणले पनि नेपालबाट जातीय विभेद तथा छुवाछुतको अन्त्य नभएको बताए । कार्यक्रममा जिल्ला अदालत बागलुङका न्यायधिस रमेशकान्त अधिकारीले दलित र पिछडिएको समुदायको अदाल सम्म पहुँच नपुगेको धारणा राखे । अहिले पनि छुवाछुतका घटनाहरु अदालत सम्म आइरहेको भन्दै कतिपय त अदालतमा आउनै नसकेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली काँग्रेसमा महासमिती सदस्र्य सिताराम रसाईली नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर के सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, राजमो जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी, नेकपा बागलुङका आजाद केसी ,बागलुङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरज बोसेल, महिला नेत्री सकुन्तला शर्मा, ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयकी संचालक साबित्री बराल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला न्याधिबक्ता पुर्ण प्रसाद शर्माले दलितको बारेमा तयार परिएको कार्यत्रपत्र प्रस्तुत गरेका थिए । भने दलित अधिकार कर्मी धन बहादुर परियारले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । संयुक्त राजनितिक दलित संघर्ष समिति बागलुङकी अध्यक्ष टिका कुमारी विश्वकर्माको अध्यक्षता बागलुङ नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलको स्वागत र बागलुङ नगरपालिका महिला बालवालिका शाखा प्रमुख रचना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।





