बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनप्रियको सरसफाइ

जनप्रियको सरसफाइ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

पोखरा/विश्व वातावरण दिवस २०२५ को छेको पारेर जनप्रिय बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको समन्वयमा बिहीबार समुदायमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे क्याम्पसको कक्षाकोठामा मात्रै सीमित नरही वातावरण संरक्षणको सन्देश दिन सफाइ कार्यक्रम आयोजना गरिएको बताए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले विश्व वातावरण दिवसले पृथ्वीप्रति हाम्रो कर्तव्य संझाएको बताए ।

कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले उच्च शैक्षिक संस्था र उच्चशिक्षा लिने विद्यार्थीहरूमा स्वच्छ वातावरण निर्माणका लागि जिम्मेवारीको भावना विकास गर्नु कार्यक्रमको उद्देश्य भएको बताइन् ।

अभियानमा सञ्चालक समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीय समुदायका व्यक्तिले क्याम्पस परिसर, पुरानो एयरपोर्ट देखि रत्नचोकसम्म सरसफाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->