सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनको खाराखेतमा वृक्षारोपण

ढोरपाटनको खाराखेतमा वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

बागलुङ/टिडिएच/बिएमजेट जर्मनको सहयोग तथा बिवाईसी बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रबद्र्धन परियोजनाअन्तर्गत ‘प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका विश्व वातावरण दिवसको अवसरमा बिहिबार ढोरपाटन नगरपालिकाको खाराखेतमा वृक्षारोपण गरिएको छ ।

ढोरपाटन ३ नं. वडा कार्यालयको आयोजना र बिवाईसी बागलुङको सहकर्यमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सामुहिक तथा स्वयमसेवी भावनाको विकास गर्ने उदेश्यले वडा कार्यालय परिसरमा १ सय ३३ गुलाब, धुपी, एभोकाडो, लिची, कटहर, आँप र अम्बाको बिरुवा रोपिएको बिवाईसी बागलुङका सामाजिक परिचालक अधिकृत ओम प्रकाश सिर्पालीले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष खिमबहादुर सुनार, सदस्य जुना सुनार, बेलकुमारी छन्त्याल, लालबहादुर पुन, प्रहरी सहायक निरीक्षक तेजिन्द्र बहादुर क्षेत्री, इलाका वन कार्यालयका प्रमुख नविन राना सहभागी थिए ।

परियोजनाले ढोरपाटन र निसीखोला क्षेत्रमा पर्यटन प्रवद्र्वनका कार्यक्रमसंगै स्थानीय आर्थिक उपार्जनसंग जोड्न तालिमको समेत दिँदै आएको छ । परियोजनाले बालविवाहबारे जनचेतना जगाउनेदेखि शैक्षिक र वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->