सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कन्या मन्दिरमा किशोर-किशोरीमैत्री सूचना कक्ष स्थापना

कन्या मन्दिरमा किशोर-किशोरीमैत्री सूचना कक्ष स्थापना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

बागलुङ/सूचना कक्षको संस्थागत विकास र प्रभावकारी उपयोगका लागि क्षमता विकास गर्ने उदेश्यका साथ बागलुङमा किशोर किशोरीमैत्री सूचना कक्ष स्थापना गरिएको छ ।

गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको कालिका कन्या मन्दिर माध्यामिक बिद्यालयमा बागलुङ नगरपालिका र वियोण्ड बेइजिङ समिति (विविसी) नेपालको सहयोग तथा समन्वयमा सूचना कक्ष स्थापना गरिएको हो । किशोर किशोरीमैत्री सूचना कक्षमार्फत सूचना, शिक्षा र परामर्श सेवाहरू प्रबद्र्धन गर्न गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले जानकारी दिए ।

बालबालिकाको चेतना अभिवृद्धि तथा व्यवहार परिवर्तन गर्न सूचना कक्षले सहयोग पुग्ने बागलुङ नगरपालिका वडा नं. ३ का अध्यक्ष सनी कुमार केसीले बताए । आगामी दिनमा सूचना कक्षलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न नगरपालिकाले प्रभावकारी भुमिका खेल्ने केसीले प्रतिवद्वता जनाएका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यपालिका सदस्य धनमाया शर्मा, विद्यालयका प्रधानाध्यापक सुदर्शन कडेँलले बोलेका थिए । विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीलाई लक्षित गरी विशाल नेपालीको संयोजकत्वमा ११ सदस्यीय सूचना कक्ष व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

समितिको सह–संयोजकमा नविसा बोहोरा, सचिवमा मनिष गौतम, सदस्यहरुमा संगम परियार, अञ्जली थापा, पूर्णिमा विकास, एरिका लामा, विशाल थापा, उमेश घर्ती, कृषा विक. र अनुष्का केसी रहेका छन् । समितिको साथी शिक्षा स्वंयसेवीमा दिप्सना विक रहेको विद्यालयका सुचना अधिकारी इश्वर ठाकुर पौडेलले जानकारी दिए ।

कार्यक्रममा स्रोतव्यक्ति हुमा रिजालले प्रशिक्षण दिएकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीको अध्यक्षता, सूचना अधिकारी इश्वर ठाकुर पौडेलको स्वागत र शिक्षक विरबहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

केन्द्र स्थापनासंगै उमेर वृद्धिसंगै बालबालिकाको स्वास्थ्य अवस्था, अभिभावकको भुमिका, उनीहरुले गर्ने व्यवहार तथा जीवन उपयोगी सिप प्रदान गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->