लेखनाथ/बालबालिका, स्वास्थ्य र प्रकृतिको लागि ज्ञान तथा वकालत सञ्जाल (कञ्चन) कास्कीले शनिबार आफनो पहिलो स्थापना दिवसमा विद्यार्थीहरुका लागि शौक्षिक सामाग्री सहयोग गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको अमरज्योति आधारभूत विद्यालयमा अध्यानरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री र इ.सि.डि सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. २६ की वडा सदस्य सुजाता सुनार बरालले भर्खरै मात्र स्थापना भएको संस्थाले विद्यालयमा गरेको सहयोग उदाहरणीय र अरुहरुका लागि प्रेरणयोग्य काम भएको बताएकी थिईन ।
संस्थाका अध्यक्ष अमर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सत्यदेदी बराल, संस्थाका कार्यकारी निर्देशक सागर सुनुवार, सचिव नम्रता कोइराला, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनबहादुर रानाभाट, अक्षयकोषदाता दिर्घनाथ बराल लगाएतले संस्थाले सामाजिक क्षेत्रमा गरेका काम र यसले समाजमा पारेका सकरात्मक विषयका बारेमा आफनो धारणा राखेका थिए ।





