बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिक्षक तथा कर्मचारीलाई चार दिने क्षमता अभिवृद्धि तालिम

शिक्षक तथा कर्मचारीलाई चार दिने क्षमता अभिवृद्धि तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८२, सोमबार

बागलुङ/बागलुङ नगरपालिका स्थित विद्यामान्दिर माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीलाई विज्ञान प्रवद्र्धनका लागि पञ्चवर्षिय विद्यालय विकास योजना अन्तर्गत चार दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।

वार्षिक कार्यक्रम अन्तर्गत सम्पन्न तालिममा शिक्षक र कर्मचारीलाई सकरात्मक सोच, शिक्षण सिकाईमा सूचना तथा प्रविधिको प्रयोग, शिक्षण सिकाईमा नविनतम प्रविधि, लेखा तथा जिन्सि प्रणाली, कम्युटर शिक्षणको बारेमा जानकारी दिइएको प्रशासनिक सहायक प्रधानाध्यापक थानेन्द्र गौतमले बताए ।

तालिममा नगर शिक्षा अधिकृत पूर्णबहादुर घर्ती, सूचना तथा प्रविधि ईन्जिनियर इसान श्रेष्ठ, लेखा अधिकृत डिल्लीप्रसाद शर्मा, पत्रकार मुकेशचन्द्र राजभण्डारी, प्राविधिक सहायक दिपक शर्मा, बालमैत्री फोकल पर्सन तिलक आचार्यले सहजिकरण गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाश बन्धु आर्याल, बानपा–३ का वडा अध्यक्ष सनि केसी लक्ष्मणले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयले प्रदान गरेको तालिम नविन सोच र अभ्यासमा आधारित भएको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्धु आर्यालले बताए । तालिममा ४८ जना शिक्षक तथा कर्मचारीको सहभागिता रहेको छ । कार्यक्रम विद्यामान्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीको अध्यक्षता र विज्ञान इन्चार्ज कृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->