बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुर वारको नयाँ कार्यसमितिको सपथ ग्रहण

नवलपुर वारको नयाँ कार्यसमितिको सपथ ग्रहण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८२, सोमबार

कावासोती/नवलपुर जिल्ला अदालत वार इकाईका नवनिर्वाचित कार्यसमितिको सोमबार सपथ ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न नवलपुर जिल्ला अदालत वारको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अधिकृत संयोजक वासुदेव शर्माले सपथ ग्रहण गराएको नवनिवार्चित वारका उपाध्यक्ष कमल चापागाईंले जानकारी दिए ।

निर्वाचनमा कुल ३९ मतमध्ये २६ मत प्राप्त गर्दै अधिवक्ता गणेश अधिकारी अध्यक्षमा निवार्चित भएका थिए । अधिकारीले निकटतम प्रतिद्वन्दी कृष्ण सिग्देललाई पराजित गर्दै अध्यक्षमा बाजि मारे । सिग्देलले कुल खसेको ३९ मतमध्ये १३ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा प्रत्यासी चुडाबहादुर आलेलाई पछि पार्दै अधिवक्ता कमल चापागाईंले २२ मतसहित जित हात पारेका थिए । सचिवमा चिरञ्जीवी पाठकलाई पराजित गर्दै २६ मतसहित राधा उपाध्याय विजयी भएकी थिइन् । सह–सचिवमा संगिता बस्याल र कोषाध्यक्ष अर्जुन काफ्लेसहित ७ जना सदस्य भने पहिले नै सर्वसहमत चयन भएका थिए । एक महिला सदस्य पदेन रहने र पछि समितिले मनोनीत गर्ने निर्वाचन समितिका जिल्ला न्यायाधिवक्ता वासुदेव शर्माले जानकारी दिए । केन्द्रिय पार्सदमा प्रकाश सापकोटा र जनकराज ढुंगाना सर्वसम्मत भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला न्यायधिस कमल प्रसाद ज्ञवालीले नवनिवार्चित पदाधिकारी एवम् कार्यसमितिलाई शुभकामना प्रदान गरेका थिए ।

निर्वाचन अधिकृत शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी कृष्ण प्रसाद सिग्देल, वारका केन्द्रीय उपाध्यक्ष भुपेन्द्र खनालले शुभकामना व्यक्त गरेका थिए । नवनिवार्चित अध्यक्ष अधिकारीले प्रचलित नियम कानुन अनुसार संस्थागत हितमा काम गर्दै बारको गरिमा उच्च राख्न कुनै कसर नराख्ने प्रतिवद्वता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->