पोखरा/पोखरा १३ ढाँडबेसीमा अवस्थित आर्वा विजय माविको आयोजनामा आर्वा विजय माविमा कानूनी प्रशिक्षण सम्पन्न भएको छ । महानगरको न्यायिक समितिको आर्थिक सहयोग र पोखरा १३ वडा कार्यालयको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेबी गुरुङले कानूनबारे विद्यार्थीहरु जानकार हुनुपर्ने बताइन् । सो अवसरमा महानगरका न्यायिक समिति सदस्यहरु कालिदास पोख्रेल र रजनी परियारले काूनी प्रशिक्षण दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बरालको अध्यक्षता भएको कार्यक्रमको संचालन प्रधानाध्यापक पद्मादेवी बरालले गरेकी थिइन् ।





