शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अखिलमा अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्तावपछि नाराबाजी, भोली निर्वाचन हुने

अखिलमा अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्तावपछि नाराबाजी, भोली निर्वाचन हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८२, मंगलबार

काठमाडौं / नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै पदाधिकारीको केही नाम प्रस्ताव गरेपछि बिरोध भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिवमा दिपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे थिए । बन्द सत्रमा ढकालले नाम प्रस्ताव गर्दासाथ प्रतिनिधीहरुले नारावाजी सुरु गरेका थिए ।

पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न अध्यक्षमण्डलका नेताहरूलाई निर्देशन गरेसँगै ढकालले नेताहरूको सुझावको आधारमा यी नाम प्रस्ताव गरेको बताएका थिए । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दिपक धामीले चुनावको माग गरे । विद्यार्थीहरुले ‘सेलेक्सन मान्दैनौं, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेपछि बन्द सत्र स्थगित भएर निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने बताइएको छ । आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने बताइएको छ । मतदान भने भोलिका लागि तय भएको छ । भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->