बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अखिलको अध्यक्षमा पौडेल र कडरिया, पदाधिकारीमा तीन दर्जनबढि भिड्दै

अखिलको अध्यक्षमा पौडेल र कडरिया, पदाधिकारीमा तीन दर्जनबढि भिड्दै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८२, बुधबार

काठमाडौं / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको महाधिवेशनमा सर्वसम्मतको प्रयास प्रतिनिधीले विफल पारेपछि आज निर्वाचन हुने भएको छ । हिजो राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो ।

अखिलको अध्यक्षमा म्याग्दीका जुझारु विद्यार्थी नेता प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी दिएका छन ।

महासचिवमा दीपक धामी, आरके रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा तीन दर्जन बढी उम्मेदवार छन् ।

रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओली लगायत करिब ४० जनाको सचिव पदमा उम्मेदवारी परेको छ ।

अनेरास्ववियुको २४ औँ महाधिवेशन काठमाडौंको किर्तिपुरमा जारी छ । पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएपछि कडरियाको नाम अध्यक्ष मण्डलले प्रस्तवा गरेपछि नारावाजी भएको थियो ।

चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको हो । कार्य तालिका अनुसार मतदान आज बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ । उम्मेदवारको अन्तिम नामावली भने आउन बाँकी छ । मतदानको समय केही ढिलो हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->