पोखरा/जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा दुईतले बहुउद्देश्यीय भवन बनेको छ । भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजी दीनेशकुमार आचार्यले बुधबार उद्घाटन गरेका छन् ।
पोखरा महानगरपालिका तथा स्थानीय नागरिकको सहयोगसहित ३२ लाख ७४ हजार रुपैयाँमा भवन निर्माण भएको हो जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । भवन निर्माणको लागि पोखरा ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोला अध्यक्ष रहेका थिए ।
उद्घाटन समारोहमा बास्तोलासहित नेपाल प्रहरी प्रधान कार्यालयका डिआइजी ओमबहादुर राना, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, श्री कृष्ण दल गणका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सामुदायिक प्रहरी सेवा केन्द्र, पत्रकार, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता उपस्थिति थियो ।
सो अवसरमा बोल्दै डिआइजी आचार्यले प्रहरीलाई प्रविधिमैत्री बनाउँदै सीसी क्यामेरालगायत श्रोतसाधनको उपयोग गर्नुपर्ने, अनुसन्धान प्रक्रियालाई अझ प्रभावकारी बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बताए ।
भवन निर्माण समितिका कोषाध्यक्ष केशवप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की, विशिष्ट अतिथि कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक शोभा पाण्डेले गरेकी थिइन् ।





