शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

स्थानीय तहको समाचार लेख्न बजेटको माग

स्थानीय तहको समाचार लेख्न बजेटको माग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८२, बिहिबार

पोखरा/पत्रकारसम्बद्ध दुई संगठनले स्थानीय तहमा पुगेर स्थलगत रिपोर्टिङका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ । प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठन कास्कीको संयुक्त आयोजनामा पोखरामा आयोजना भएको स्थानीय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिममा सहभागी वक्ताहरुले समाचारको प्रभावकारिताको लागि स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन् ।

पोखरा महानगरले आउँदो बर्षको बजेटमा पोखराका ३३वटै वडामा उक्त कार्यक्रम पुग्ने गरी आवश्यक बजेट विनियोजन गर्न सहभागीले पोखरा महानगर समक्ष माग गरेका हुन्् । पोखरा महानगरपालिकाको सहयोगमा सोमबार पोखरा ९, बास्तोलाथरबाट सुरु भएको तालिम मंगलबार पाखरा ३१ को पचभैयामा सम्पन्न भएको हो ।

तालिममा नयाँ पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता, स्थानिय तह सम्बन्धि रिपोटिङ गर्दै आएका शिवहरि घिमिरेले स्थानीय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट राइटिङसँगै स्थलगत रिपोर्टिङबारे सहजीकरण गरेका थिए । त्यस्तै, फोटो पत्रकार राम थापाले फोटो पत्रकारितासम्बन्धी सहजीकरण गरेको प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->