बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्दीपुरमा नरभक्षी चितुवा समात्न प्राविधिक टोलीको परिचालन, चितुवाको बासस्थान र बच्चा जन्माउने स्थानको पहिचान

बन्दीपुरमा नरभक्षी चितुवा समात्न प्राविधिक टोलीको परिचालन, चितुवाको बासस्थान र बच्चा जन्माउने स्थानको पहिचान


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३० २०८२, शुक्रबार

तनहुँ/  दुई महिनाको अवधिमा चितुवाको आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि जिल्लाको बन्दीपुर गाउँपालिकामा नरभक्षी चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको छ ।

जिल्ला डिभिजन वन कार्यालयका अनुसार बन्दीपुर–२ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा प्राविधिक टोली परिचालन गरिएको हो । टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्ने डिभिजन वन प्रमुख शरदकुमार अधिकारीले बताए । अधिकारीका अनुसार विहीबारदेखि खटिएको प्राविधिक टोलीले चितुवा बस्ने संभावित स्थानको पहिचान गर्ने, खोर थाप्ने काम गरिरहेको छ । ‘चितुवाको बासास्थान र बच्चा जन्माउने ठाउँको पत्ता लागेको छ’, अधिकारीले भने, ‘वन्यजन्तु विज्ञको टोलीले चितुवा समात्न प्रयासरत छ ।’

जिल्लाको बन्दीपुर, भानु, आँबुखैरेनी चितुवा आतंकबाट पीडित छ । यी पालिकामा ८ वर्षको अवधिमा १६ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमएका छन् ।गत सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ वर्षीय उत्सव गुरुङलाई चितुवाले खाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->