सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८२, शनिबार

बागलुङ/बागलुङको ढोरपाटनमा शुक्रबार दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र. ०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ का नरबहादुर कार्की, भीम कुमारी बुढा, टिका कुमारी कुँवर र मन कुमारी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।

कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । कुंँवरको शव बाटोबाट बुर्तिवाङ नै फर्काइएको थियो । मृत्यु हुने तीन जनाको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ ।

घाइतेमध्य सात जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको, दुई जनालाई थप उपचारका लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । एक जना बुर्तिवाङमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि ६० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->