सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा ट्राफिक सप्ताह समापन

बागलुङमा ट्राफिक सप्ताह समापन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८२, शनिबार

बागलुङ/‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ संचालित ट्राफिक सप्ताह शनिबार समापन भएको छ ।

गत आइतबारदेखि सप्ताह शुरु भएको थियो । सात दिनको समीक्षा कार्यक्रम गर्दै समापन गरिएको हो । यो अवसरमा सवारी चालकलाई सम्मान, ट्राफिक नियमबारे सचेतना, सन्देशमुलक स्ट्रिकर टाँस्ने, सवारी चेक लगायतका कार्यक्रम सम्पन्न भएका हुन् ।

समापनमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ट्राफिक नियम पालना गर्दा सभ्य नागरिकको परिचय बनाउन सकिने बताए । उनले हरेक सडक यात्रीदेखि सवारी चालकले सडक नियम पालना गरेमा नेपालको ट्राफिक व्यस्थापन सहज बन्ने बताए ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले ट्राफिक सप्ताहको रुपमा मात्र नभइ वर्षभरि नै ट्राफिक नियम पालना गर्दै सप्ताहको मर्म बुझेर लाग्नुपर्ने बताए । उनले सानो कमजोरीले मानवीय जीवननै क्षति हुने भएकोले ट्राफिक नियम पालना गर्नुपर्ने धारणा राखे ।

पछिल्लो समय प्रहरी देखेर मात्र सिट बेल्ट लगाउने, नियम पालना गरेझै गर्ने प्रवृत्ति बढेको छ । यो देखाउनका लागि नभइ सुरक्षाका लागि भएकोले हरेक नागरिक र सवारी चालक सचेत बन्नुपर्ने सरोकारवालाको धारणा थियो । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षता, प्रहरी सहायक निरिक्षक सुदिप भट्टराइको संचालन र प्रहरी नायव निरीक्षक तथा जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम विकको स्वागतमा सम्पन्न कार्यक्रममा प्रहरी उपरिक्षक तिलक भारतीले ट्राफिक सप्ताहको समीक्षा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->