सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘सुशासन जनतासामु लैजान संचार क्षेत्रको भूमिका महत्वपुर्ण’

‘सुशासन जनतासामु लैजान संचार क्षेत्रको भूमिका महत्वपुर्ण’


  • ढोरपाटन संवाददाता
  • असार १ २०८२, आइतबार

बागलुङ/जनताको घरदैलोमा सुशासन पु¥याउन संचार क्षेत्रको भूमिका महत्वपुर्ण भएको सरोकारवालाले बताएका छन् । ग्रामीण बासिन्दाले सुशासनको अनुभूति पाउने गरी संचार क्षेत्रले काम गर्नुपर्ने समेत उनीहरुको भनाई छ ।

बागलुङबाट प्रकाशित भैरहेको ‘जननिगरानी’ साप्ताहिक पत्रिकाको आइतबार ८ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष अमर थापाले स्थानीय तहहरु अझैपनि सूचना प्रवाहमा कमजोर रहेकोले पत्रकारिताले नागरिकलाई सूसुचित बनाउनुपर्ने बताए । नागरिकको सूचनाको हक समेत संचार क्षेत्रले पुरा गर्नुपर्ने उनको धारणा थियो ।

स्थानीय तहहरुले आइटी अफिसर राखेर पनि नागरिकको चाहना अनुसार काम नगरेको भन्दै संचार क्षेत्रले त्यसको उजागर पनि गराउन सक्नुपर्ने बताए । आम नागरिकको चासोमा पत्रकारिताले सम्बोधन गर्नुपर्ने भन्दै संचार माध्यमप्रति नागरिकको विश्वास बढाउन पनि आवस्यक भएको उनको धारणा थियो ।

कार्यक्रममा सहभागिले ग्रामीण क्षेत्रमा लुकेर बसेका कुरा उजागर गरेर समाजमा ल्याउने काम गर्दा समस्यामा परेकाहरुले साथ पाउने, पढ्न नसकेकाहरुले पढ्ने अवसर जुट्ने लगायतको सेवा पनि भएको भनाइ राखेका थिए ।

जननिगरानी पत्रिका संचालन गरिरहेको गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, प्रबन्धक प्रसाद थापाको स्वागत र कोषाध्यक्ष टिकाराम शर्माको संचालनमा सम्पन्न कार्यक्रममा काठेखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की, वडा नं. १ का अध्यक्ष खड्ग थापा, वडा नं. २ का अध्यक्ष बिद्यापति शर्मा, कार्यपालिका सदस्य टिकासंगम बिक, बागलुङ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दिपक गौतम र नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले शुभकामना मन्तव्य दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->