सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरपालिकाले रोजगार रणनीति बनाउँदै

बागलुङ नगरपालिकाले रोजगार रणनीति बनाउँदै


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८२, बुधबार

बागलुङ/बागलुङ नगरपालिकाले आगामी पाँच वर्षका लागि रोजगार रणनीति बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवस्यक छलफल, रणनीति र कार्यनीतिको मस्यौदामाथी छलफल शुरु गरेको छ ।

वेरोजगारको सूची तयार गर्दै न्युनतम रोजगारीमा कसरी लगाउने तथा स्वरोजगार बनाएर आत्मनिर्भरको बाटोमा लैजाने उद्देश्यमाथी सरोकारवालाबीच छलफल भएको हो । हाल अद्यावधिक सामान्य तथ्यांकलाई विस्तृत बनाउने र नगरपालिकाले गर्न सक्ने कतिपय काम लक्षित समुदायमा केन्द्रीत गर्ने योजना छ ।

औपचारिक क्षेत्रको रोजगारी सहजै देखिने भएपनि अनौपचारिक क्षेत्रको बेरोजगारीको खोजी गरेर उनीहरुलाई आवस्यक सीप र तालिम दिने, उत्पादनका लागि बीउ पूजिको व्यवस्थापन गर्ने, श्रमको सम्मान गर्न सिकाउने लक्ष्य राखिएको छ । त्यसका लागि रोजगारदाता र कामदारबीच समन्वय बढाउने, अन्तर सरकारबीच सहकार्य गर्ने, गैरसरकारी संस्थासंग समन्वय बढाउने र चुनौतीको सम्बोधन गरिने छ ।

श्रमबजारको माग अनुसार प्रतिस्पर्धी उद्यमी तयार पार्ने, नगरको विकास खर्च र रोजगार वृद्दि सँगै गर्ने, औद्योगिक ग्राम संचालन गर्ने, विद्यालय तहमै श्रमबजारको माग अनुसारको शिक्षा दिने, अदक्ष कामदारलाई दक्ष बनाउने, आप्रवासन प्रोफाइल तयार र अभिलेखिकरण गर्ने रणनीतिक योजना छ । कार्यक्रम रुपमा भने वस्तु तथा सामानको बजारीकरणको निश्चित गरिने र नगरपालिकाले खरिद वा बिक्रीको व्यवस्थापनमा समेत पहल गर्ने जस्ता विषय छन् ।

‘‘पछिल्लो समय श्रमबारे सम्मान हटेको छ । नेपालमा त्यही काम नगर्नेले विदेशमा खुसी भएर गरेको छ, त्यो किन भयो ? खोजी गरौं’’ सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले भने, ‘‘आफ्नो कामबारे सँधै सचेत र मेहनती बन्ने भावना विकास नभएसम्म नीति कार्यान्वयन हुँदैन । त्यसका लागि सबै श्रम समान हो भन्ने मान्यता विकास गर्न आवस्यक छ ।’’

मस्यौदा माथीको छलफलमा नगर उपप्रमुख राजु खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडललाई आवस्यकताको आधारमा अगाडि लैजानुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि श्रोतको खोजी र व्यवस्थापनमा पनि जनप्रतिनिधिहरु सक्रिय बन्नुपर्ने बताए ।

छलफलमा सरोकारवालाहरुले सुझाव पेश गर्दै श्रमको सम्मान गर्ने वातावरण नगरभित्रबाटै थालनी गर्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि वन ऐनले स्थानीय उत्पादनको बजारीकरणमा असर परेकोले स्थानीयताको महत्वबारे संघिय सरकारसम्म आवाज लैजानुपर्ने, खानीजन्य वस्तुको उत्पादन र निर्यातमा भैरहेको अनियमितता अन्त्य गर्नुपर्ने, घण्टे काम र सोही अनुसारको भुक्तानीको व्यवस्थापन हुनुपर्ने विषय सुझावको रुपमा सूचिकृत गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->