शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हलगोरु पाल्ने किसानलाई फेदीखोलाको १४ लाखबढी अनुदान

हलगोरु पाल्ने किसानलाई फेदीखोलाको १४ लाखबढी अनुदान


  • अर्जुन काफ्ले
  • असार ५ २०८२, बिहिबार

स्याङ्जा/फेदीखोला गाउँपालिका स्याङ्जाले हलगोरु पाल्ने किसानलाई बिहीबार १४ लाख ४५ हजार रुपैयाँ प्रोत्साहन अनुदान वितरण गरेको छ ।

हामी सधैँ श्रमजीवी र किसानको पक्षमा दृढताका साथ उभिएका छौँ भन्ने नारा सहित पालिकाले परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।

यस कार्यक्रममा २२४ जना किसान समेटिएको बताउदै पालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाभित्र २९० वटा गोरुका लागि प्रति हल १० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको बताए ।

गोरु पाल्ने किसानलाई नगद अनुदान दिने गाउँसभाको निर्णण अनुसार किसानलाई नगद प्रदान गरिएको हो । यस्तै यो कार्यक्रमले किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिकरूपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक संकेत दिएको सुबेदीले बताए ।

अनुदान कार्यक्रममले किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र परम्परागत कृषि अभ्यासको पुनर्जीवन, यान्त्रिक जोतको सट्टा वातावरणमैत्री विधिको प्रोत्साहन, हराउँदै गएको हल गोरु जोत्ने परम्पराको संरक्षण हुने अपेक्षा पालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->