सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बालमैत्री दिगोपनाका लागि वक्तृत्वकला

बालमैत्री दिगोपनाका लागि वक्तृत्वकला


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८२, शुक्रबार

बागलुङ/बागलुङ नगरपालिकाको आयोजनामा बाल मैत्री अभियान दिगोपनाका लागि खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । ‘हर्षित बालबालिका, सुरक्षित बालापन’ भन्ने नाराका साथ बालमैत्री अभियानको दिगोपन, हाम्रो अभियान बिषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा मालिका माबिकी स्मृती रेग्मी प्रथम, बिद्यामन्दिर माबिकी सामना सापकोटा द्वितिय र गणेश माबिका कुशल पौडेल तृतिय र लहरेपिपल माबिका अनुस्का केसी सात्वना भएका थिए । प्रथम हुनेलाई १० हजार नगद पुरस्कार र प्रमाणपत्र दिइयो । त्यस्तै द्वितियलाई ७ हजार र तृतियलाई ५ हजार नगद पुरस्कार दिइएको नगरउप्रमुख राजु खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->