बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा कलेजका विधार्थीले गरे ‘नमूना पत्रकार सम्मेलन’

पोखरा कलेजका विधार्थीले गरे ‘नमूना पत्रकार सम्मेलन’


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८२, शनिबार

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमूना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । कलेजका दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।

बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँवरले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले सिर्जनात्मक र प्रयोगात्मक कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो व्यवसायीक जीवनमा उपयोगी सीप सिकेकोमा खुसी व्यक्त गरिन् ।
विधार्थीले कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । कार्यक्रममा पत्रकारहरु शान्ति गुरुङ्ग, शोभाकान्त सिग्देल र केशव शरण लामिछनेले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए ।

पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी सम्राट गुरुङ बताए। पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरू बीबीए, बीबीए फाइनान्स र बीसीएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->