बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्की काँग्रेसको प्रशिक्षण

कास्की काँग्रेसको प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८२, शनिबार

पोखरा / नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ । पोखराको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता रहेको थियो ।

जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । कार्यक्रममा डा. यमनाथ तिमिल्सिना र प्रेमप्रसाद शर्माले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई मजबुद र शशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकुल प्रशिक्षण आवश्यक पर्ने उल्लेख गरे । कार्यक्रम नेपाली काँग्रेस कास्कीका उपसभापति एवं प्रशिक्षण शाखाका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम शाखाका सदस्य पशुपति शर्मा भट्टराईले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->