पोखरा / ७४ औँ नेपाल स्काउट दिवसको अवसर पारेर हिलसाइड इङ्ग्लिस स्कुल पोखरामा वृक्षारोपण एवं गुड टच र ब्याड टच सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत स्काउटमा आबद्ध विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरी विद्यालय परिसरमै वृक्षारोपण गरिएको थियो। विद्यालयका स्काउट संरक्षक एवं प्राचार्य डिल्लीराम भट्टराईले विद्यार्थीहरूलाई विरुवा हस्तान्तरण गर्दै वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धिमा स्काउटको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । शिक्षक एवं स्काउट मास्टर मीनप्रसाद सुवेदीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा सूचना अधिकारी होमनाथ भट्टराईले स्काउट, विद्यालय शिक्षा र व्यावहारिक गतिविधिहरूका विषयमा विद्यार्थीहरूलाई जानकारी गराए ।
त्यस्तै कक्षा युकेजीदेखि कक्षा ८ सम्मका विद्यार्थीका लागि गुड टच र ब्याड टचसम्बन्धी जनचेतनामूलक सत्र सञ्चालन गरिएको थियो। सहजीकरण शिक्षकद्वय अनिता गुरुङ र रोसनी के.सी. ले विद्यार्थीलाई व्यक्तिगत सुरक्षा र सचेतनासम्बन्धी महत्त्वपूर्ण सीपहरूबारे अवगत गराएका थिए ।





