बागलुङ/लायन्स क्लव अफ धौलागिरि बागलुङले लायन बर्ष २०२४÷०२५ मा गरेका कार्य सार्वजनिक गरेको छ । लायन बर्ष २०२४÷०२५ मा शुरु भएदेखि हालसम्म गरेका कार्य पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
वर्षभर गरेका कार्यक्रमको जानकारी दिदै लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोले एक बर्षको अवधिमा ३५ वटा काम गर्ने योजना बनाएको भएपनि बर्षमा बिभिन्न प्रकारका ५१ वटा कार्यक्रम गरेको र २८ वटा कार्यक्रममा सहभागीता जनाएको बताए ।
उनले बागलुङ नगरपालिकालाई केन्द्रित गरि १ वडा १ कार्यक्रम अभियान समेत सफलता पूर्वक सम्पन्न गरेको जानकारी दिए । बिषेश गरि यो बर्ष बागलुङको खर्वाङमा आँखा उपचार सम्वन्धी मेगा इभेन्ट गरेको बताए ।
७ वटा बिद्यालय, ४ वटा समुदाय र १ वटा बृहत आँखा उपचार तथा शल्यक्रिया शिविर गरिएको जानकारी दिर्दै उहाँले बिभिन्न प्रकारका १४ वटा तालिम सम्पन्न गरिएको उल्लेख गरे । वर्षभर गरेका कामको आधारमा डिस्ट्रीकले २ वटा अवार्ड पनि प्राप्त गरेको उनको भनाई थियो ।
नेतृत्व तथा क्षमता बिकास, वृक्षारोपण, स्टेशनरी सामग्री बितरण, ट्राफिक सचेतना लगाएतका कार्यक्रम गरिएको र ७ वटा बैठक समेत गरिएको उनले बताए । वर्षभरमा करि १४ लाख बराबरको कार्यक्रम भएको उनले जानकारी दिए ।





