शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

यस्तो छ सुनी र बुचको ९ महिने अन्तरिक्ष अनुभव

यस्तो छ सुनी र बुचको ९ महिने अन्तरिक्ष अनुभव

धरतीमा फर्केयता यी दुवैजना गएको गर्मीयाममा आफूहरूलाई अन्तरिक्षमा लैजाने अन्तरिक्ष यानमा देखेका समस्याहरूबारे नासा र बोइङसँग मिलेर काम गरिराखेका छन् ।


  • रेगन मोरिस/बीबीसी
  • असार १० २०८२, मंगलबार

गत वर्ष अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएएस) नजिकै पुग्दै गर्दा अन्तरिक्षयात्रीद्वय सुनी विलिअम्स र बुच विलमोर सवार बोइङ स्टारलाइनर क्याप्स्यूलको ‘थ्रस्टर्स’ले राम्रोसँग काम गरिराखेको थिएन । त्यसले गर्दा उनीहरू स्टेसनसँग जोडिन सकिराखेका थिएनन् । त्यसो हुन नसकेमा पुनः घर फर्किन सकिने नसकिने ठेगान हुँदैनथ्यो ।

‘डक हुन अर्थात् त्यहाँ जोडिन अत्यन्तै जरुरी थियो’ अन्ततः विलिअम्ससँगै धरतीमा सफलतापूर्वक फर्किएको तीन महिनापछि विलमोरले बीबीसी न्यूजसँग भने, ‘त्यसो नभएको भए हामी फर्किन सक्थ्यौँ होला ? हामीलाई थाहा थिएन ।’ उनीहरू आठ दिनसम्म चल्ने ठानिएको एउटा परीक्षण उडानमा थिए । तर उनीहरूलाई झन्डै १० महिना जति अन्तरिक्षमा बस्नुपर्यो ।

पहिलो चुनौती आईएसएससँग सुरक्षित र सफलतापूर्वक जोडिनमा थियो । पृथ्वीमा रहेको ’मिशन कन्ट्रोल’ले यानको ‘थ्रस्टर्स’हरूलाई पुनः चालु गर्न सघाएपछि उक्त कार्य उनीहरूले केही मिनटभित्रै सम्पन्न गरे । विल्मोरले आफूहरूले फेरि कहिल्यै पृथ्वी देख्न नपाउने सम्भावनाबारे ‘निश्चित् रूपमा मनमा कुरा खेलेको’ बताए । तर समस्या सुल्झाउँदै अघि बढ्ने तालिम पाएकाले उक्त क्षणमा सम्भावित खराब परिदृश्यबारे आफूहरूबीच धेरै कुरा नभएको यी दुवैले बताए ।

‘हामी लगभग एकअर्काको मनको कुरा थाहा पाउन सक्थ्यौँ र यी सबै विफलताले कहाँ पु¥याउन सक्छ भन्ने पनि जान्दथ्यौँ,’ विलिअम्सले बीबीसीसँग भनिन् । ‘ती कुराहरू अपेक्षित थिएनन्,’ उनले स्वीकारिन् । तर विचारहरू तत्काल समाधानतर्फ मोडिएः ‘एकै समयमा हामी सोच्दै थियौँ– हामीसँग के छ र हामी के गर्न सक्छौँ ?’

यो जोडीको यात्रा सन् २०२४ को जुनमा सुरु भयो । उनीहरू एअरोस्पेस कम्पनी बोइङले बनाएको स्टारलाइनर यानको पहिलो चालक दलसहितको परीक्षण उडानमा भाग लिँदै थिए । तर उडानका क्रममा आएका कैयौँ प्राविधिक समस्याहरूले गर्दा उनीहरूलाई पहिले तय गरिएझैँ स्टारलाइनरमै घर फर्काउन जोखिम हुने देखिएकाले सट्टामा अर्को कम्पनी स्पेसएक्सले बनाएको यानले सुरक्षित फर्काउन सक्ने ठानियो ।

त्यसै कारणले गर्दा उनीहरू स्पेसएक्सको क्याप्स्यूलमा सवार भएर नफर्किँदासम्म अन्तरिक्षमै बसे । आफ्नो तर्फबाट बोइङले आफू निर्मित क्याप्स्यूल प्रयोगका निम्ति सुरक्षित रहेको बतायो र सन् २०२४ को सेप्टेम्बरमा उक्त यान चालक दलबिनै धरतीमा फर्किएपछि उसको दाबी सही ठहरियो ।

अन्तरिक्ष स्टेसनमा महिनौँसम्मको परीक्षणहरूपश्चात् विलिअम्स र विल्मोर १८ मार्चका दिन अन्ततः पृथ्वीमा फर्किए । उक्त मिशनको अवधिमा उनीहरू आईएसएसमा फस्न पुगेको र त्यहाँबाट निस्कने उपाय नभएको भनेर बारम्बार चर्चा गरियो । तर त्यहाँको स्थिति मानिसहरूले ठानेजस्तो हुँदैन । स्पेस स्टेसन जहिल्यै यानजडित हुन्छ र आकस्मिक अवस्थामा त्यसले ‘लाइफ–बोट’ ले झैँ अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा ल्याइ पु¥याउन सक्छ । तापनि नासाका यी अन्तरिक्षयात्रीद्वयले त्यहाँ अपेक्षा गरिएभन्दा लामो समय बिताउन प¥यो, यद्यपि उक्त स्थितिलाई उनीहरूले खुसीका साथ अँगाले ।

‘कसैले पनि हामीलाई निराश बनाउँदैनन् भन्ने हामीलाई थाहा थियो….सबैले हामीलाई साथ दिइराखेका थिए, हाम्रो ख्याल राखिरहेका थिए,’ विलियम्सले भनिन् । उक्त अनिश्चितताका बीच यी अन्तरिक्षयात्रीद्वय राजनीतिक विवादको विषय समेत बन्न पुगे । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनमाथि उनीहरूलाई अन्तरिक्षमा अलपत्र छाडेको आरोप लगाएका थिए ।

अन्तरिक्षयात्रीद्वयले आफूहरूले राजनीतिलाई बेवास्ता गरेको र परित्यक्त महसुस नगरेको बताए । ‘हामी त्यसबारे केही भन्न सक्दैनौँ,’ विलिअम्सले भनिन्, ‘हामी अन्तरिक्षको उडान कठिन छ भन्ने बुझ्छौँ र मानवसहितको उठान झन् कठिन हुन्छ ।’ धरतीमा आएको दुई महिनापछि दुवै अन्तरिक्षयात्रीले आफूहरूले स्वस्थ र तन्दरुस्त महसुस गरेको बताउँछन् । शुन्य गुरुत्व शक्तियुक्त वातावरणमा गरिएको कसरतको लाभ आफूहरूलाई प्राप्त भएको उनीहरूको बुझाइ छ ।

विल्मोरले बताएअनुसार शुन्य गुरुत्वमा कसरत गर्दा ‘स्क्वाट’ र ‘डेडलिफ्ट’ पछि शरीर पुनः ताजा हुन धेरै समय लाग्दैन । आफूले लगभग १० महिनासम्म हरेक दिन उक्त कसरत गरेको र ‘वास्तवमै अभूतपूर्व बलशाली भएर’ धरतीमा फर्किएको उनले बताए । त्यसमा सहमति जनाउँदै विलियम्सले धरतीमा फर्किएपछि कैयौँ दिनसम्म दौडिएको सुनाइन् । एकपटक अन्तरिक्षमै ‘ट्रेडमिल’मा म्याराथन पूरा गरेको स्मरण गर्दै उनले पृथ्वीको गुरुत्व शक्तिसँग सामञ्जस्यता कायम गर्न सधैँ सजिलो नहुने बताइन् । ‘पुनः टाउको र ढाडमा गुरुत्वको प्रभाव महसुस गर्नु हल्का पीडादायी हुन्छ,’ उनले भनिन् ।

धरतीमा फर्केयता यी दुवैजना गएको गर्मीयाममा आफूहरूलाई अन्तरिक्षमा लैजाने अन्तरिक्ष यानमा देखेका समस्याहरूबारे नासा र बोइङसँग मिलेर काम गरिराखेका छन् । ‘भविष्यमा हामीलाई बोइङको स्टारलाइनर उडाउने अवसर प्राप्त हुनेछ भन्नेमा हामी एकदमै सकारात्मक रूपमा आशावादी छौँ,’ विल्मोरले भने ।

उक्त यानका प्राविधिक समस्या हल भएपछि व्यक्तिगत रूपमा त्यसमा उड्ने दुवैले बताए । ‘त्यो एकदमै सक्षम अन्तरिक्ष यान हो,’ विलियम्सले भनिन् । ‘अन्यका तुलनामा त्यसका अद्वितीय क्षमता छन् र यही कुराले भविष्यका अन्तरिक्षयात्रीहरूका निम्ति त्यो निकै उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->